• +977 1 449 0387
  • Sun - Fri: 9am To 6pm
  • Mail Us On
  • support@ibosslife.com
  • Sunday - Mangshir 17, 2080

वितरक÷बिक्रेता समेतका सम्पुर्ण महानुभावहरुमा विशेष
सुचना

नेपालमा बस्तुको प्रत्यक्ष विक्री सम्वन्धि व्यवसायले कानुनी मान्यता प्राप्त गरी कार्यान्वयनमा समेत रहेको सर्वविदित नै छ ।
हरेक कृयाकलापलाई राज्यले सदैव निगरानी तथा अनुगमन गरिरहने र गैरकानुनी क्रियाकलाप प्रति जुन सुकै बखत कानुनी कारवाहीको दायरामा ल्याउन सक्ने हुदा यस आई बोस ग्लोबल लाईफ ईन्टरनेशनल प्रा.लि. संग सम्वन्धि आधिकारिक जो सुकै व्यक्ति वा संस्थालाई कानुनको दायरा भित्र र कानुनले निर्दिष्ट गरेका भन्दा बाहिर रहेर कुनै पनि गैरकानुनी कार्य नगर्न नगराउन अनुरोध गरिन्छ अन्यथा स्वयम संस्था वा नीज व्यक्ति नै जिम्मेवार हुनेछ ।
केही शंकास्पद व्यापारिक गतिविधीहरुमा संलग्न रहेको भन्ने सुचना प्राप्त भई आएकोमा यस कम्पनीसंग सम्झौता गरेका वितरक तथा विक्रेताहरुलाई आन्तरिक कार्यवाही स्वरुप सम्झौता बदर गरिको र आगामी दिनमा यसलाई अझ बढी तिव्रता दिईने छ र गैरकानुनी क्रियाकलामा संलग्न भएको वा अन्यलाई संलग्नताको लागि प्रोत्साहन वा प्रबर्धन गरेको पाईएमा यही सूचनाको आधारमा यस कम्पनीसंग भएको सम्झौता भंग भएको मानिने छ ।
साथै गैरकानुनी कार्य प्रति कम्पनी कठोर रुपमा प्रस्तुत भई बाकि कानुनी कारवाहीको लागि बाणिज्य बिभागमा विवरण अध्यावधिक गर्न पठाईने व्यहोर सबैमा सुचित गरिन्छ ।

DECLARATION OF COMPANY


(१) ग्रिनबुटी ब्राण्डमा यस आईबोस ग्लोबल लाईफ ईन्टरनेशनल प्रा.लि.ले बजारमा बिक्री वितरण गरि आएका खाएर प्रयोग गरिने कुनै पनि सामानहरु कुनै प्रकारको रोग निको पार्नका लागी औषधिको रुपमा प्रयोग गरिने बस्तुहरु होइनन् । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नै नदिनु उत्तम भन्ने भनाईलाई चरितार्थ गर्ने यि बस्तुहरु फुडसप्लिमेन्टको रुपमा शरिरमा रोग लाग्नबाट बचाउनका लागी, शरिरको ईम्युनीटी पावर मजबुद गर्न र रोगी मानिसले उपयुक्त तरिकाबाट प्रयोग गरेमा रोगलाई न्युनिकरण गर्नका लागी प्रयोग गरिने सामान मात्र हुन्।
(२) कम्पनीको बजार योजनाको प्रस्तुतीकरण, कार्यान्वयन, तथा ग्राहक उपभोक्ताहरु समक्ष कम्पनीले बिक्री गर्ने बस्तुको बारेमा जानकारी गराउदा वा सामानको मार्केटिङ्ग तथा सामानको खरिद बिक्री गर्दा कुनै पनि बिक्रेता तथा वितरक र कम्पनीसंग सम्बद्ध व्यक्तिहरुले आफु वा कसैको भनाई वा प्रलोभनमा रहि वा कोही कसैको दवाव वा भनाईमा लागी देहाय बमोजिमका कार्यहरु गर्नु गैरकानुनी कार्य भएकाले निम्न कार्यहरु गर्न वा गराउन हुदैन यदि कसैले यस बिपरितको कार्य गरेमा सो कार्य गैर कानुनी कार्य हुने र सजायको भागीदार समेत हुनु पर्नेछ ः–
(क) सामान खरिद गर्ने कुनै पनि ग्राहकलाई उसको ईन्छा र आवश्यकता बाहेकका सामान खरिदका लागी बाध्य गर्न गराउन हुदैन ।
(ख) सामान खरिद गर्नका लागी कुनै प्रकारको सदस्य बन्नु पर्ने अवस्था सृजना गर्ने वा शर्त राख्ने कार्य गर्न गराउन हुदैन ।
(ग) कुनै पनि ग्राहकसंग सामानको मुल्य भन्दा बढी वा कुनै प्रकारले अतिरिक्त रकम लिने वा लिन लगाउनेकार्य गर्न गराउन हुदैन ।
(घ) सामान खरिद गर्ने कुनै ग्राहकलाई कुनै सामान खरिद गर्दा साथैमा अर्काे सामान पनि खरिद गर्न पर्ने अवस्थाको सृजना गर्न गराउन हुदैन ।
(ङ) सामान खरिद गर्ने ग्राहकलाई खरिद गरेको सामान वा अन्य सुविधाका लागी उसको मातहतमा अर्काे ग्राहकलाई सामान विक्री गर्नै पर्ने बाध्यकारी अबस्थाको सृजना गर्न गराउन हुदैन ।
(च) बिक्री गरिएको सामानको मुल्य बापतको रकम लिएर समयमा सामान उपलव्ध नगराउने कार्य गर्न गराउन हुदैन । सकभर खरिद गरेकै अवस्था र अडर गरिएको भए तोकिएको समयमा ग्राहकलाई सामान उपलब्ध गराई दिन पर्नेछ ।
(छ) विक्री गरिएको बस्तु रोग निको पार्ने औषधी वा रोग निको पार्ने अलौकिक बस्तु हो भनि कसैलाई गलत कुराहरुको प्रस्तुतिकरण गर्न गराउन हुदैन ।
(ज) विक्री भएको सामान खरिद कर्ताले खरिद गरेको मितिले ३० दिन भित्रमा सामानको भौतिक स्वरुप नविगारी वा शिलबन्दी सामान नखोली फिर्ता गर्न ल्याएमा फिर्ता लिन र कानुन बमोजिम लागेको सेवा शुल्क तथा कर वापतको रकम कट्टा गरि बाँकी रकम फिर्ता गर्न ईन्कार गर्न गराउन हुदैन । तर खरिद भएको मितिले ३० दिन पछि वा शिल भएको सामानमा शिल तोडी वा सामानको भौतिक स्वरुप परिवर्तिन गरी वा उपभोग्य अवधि समाप्त भए पछि फिर्ता गर्न ल्याएको सामान फिर्ता गरि लिन बाध्य हुने छैन ।
(झ) सामान विक्री गर्दा बस्तुको बनोट प्रयोग विधि प्रयोगको मात्रा बस्तुको विषेशताको बारेमा सहि सत्य र वास्तविक कुराहरु बाहेक अन्य कुराहरुको बढाई चढाई प्रस्तुतीकरण गर्ने कार्य गर्न गराउन हुदैन ।
(ञ) हरेक ग्राहकले पनि आफुले खरिद गर्न लागेको सामान आफ्नो ईन्छा आवश्यकता र सुविधा अनुकुल छ वा छैन हेरी बुझी एकिन भएर मात्र खरिद गर्नु पर्नेछ आफु राजी भई खरिद गरेको सामानमा तोकिए बमोजिम फिर्ता गर्ने कार्य बाहेक अन्यलाई दोष दिने वा लाल्छना लगाउने कार्य गर्न गराउन हुदैन ।
(ट) कम्पनीबाट सेवा सुविधा कमिशन आदीको सुविधा प्राप्त गर्नका लागी कम्पनीले तोके बमोजिमको विक्रेता सम्बन्धि सम्झौता नगरिकन कम्पनीको कार्ययोजना प्रस्तुत गरि विक्रेताको हैसियतले मार्केटिङ्ग गर्न गराउन हुदैन ।
(ठ) व्यावसायका सिलसिलामा कतिपय व्यक्तिहरुले प्रस्तुतीकरणको क्रममा नेपालमा नेटवर्क मार्केटिङ्ग सम्बन्धि कानुन लागु भएको र नेटवर्क मार्केटिङ्ग वा डाइरेक्ट सेलिङ्ग भनेको एउटै हो भनि अभिव्यक्ति दिएको पाईएको छ तर नेटवर्क मार्केटिङ्ग र डाइरेक्ट सेलिङ्ग व्यावसायमा आधारभुत कुराहरु मिलेता पनि यी दुई व्यवसायमा मौलिक भिन्नता रहेको र नेपालमा नेटवर्क मार्केटिङ्गको कानुन लागु भएको नभई डाइरेक्ट सेलिङ्ग सम्बन्धि कानुन रहेको मात्र हो । तसर्थ नेपालमा नेटवर्क मार्केटिङ्ग (पिरामिड शैलीमा गरिने व्यावसाय) गर्न नपाईनेर नेटवर्क मार्केटिङ्गलाई नेपालको कानुनले गैह्रकानुनी मानेको छ भन्ने कुरामा सबै जना स्पष्ट हुन जरुरी छ ।
पुनश्चः कम्पनीको तर्फबाट उचित, उपयुक्त र गुणस्तरिय सामानहरु विक्रीका लागी वितरक÷बिक्रेता मार्फत ग्राहक तथा उपभोक्ता समक्ष उपलब्ध गराउने प्रतिबद्धता गरिन्छ

iBoss Global Life InternationalDECLARATION OF COMPANY